+
+

राजबल्लभले कमब्याक फिल्म ‘एक्टर’को छायांकन सके, अमेरिका फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १३:४९
फाइल तस्वीर

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले कमब्याक फिल्म ‘एक्टर’को छायांकन सकेका छन् । आइतबार मध्यान्ह आफ्नो भागको छायांकन सकेका उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको फिल्मका निर्माताले जानकारी दिए ।

अहिले छायांकन चलिरहेको फिल्म खेल्न उनी जेठ २० गते काठमाडौं आइपुगेका थिए । यो फिल्ममार्फत कोइरालाले नौ वर्षपछि पुनरागमन गर्दैछन् । उनको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो ।

राजन भुसालले निर्देशन गरिरहेको फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीसहितका कलाकारले पनि अभिनय गरिरहेका छन् । छायांकन सकिएलगत्तै राजबल्लभले फेसबुकमा एक फोटो पोस्ट गरेका छन् ।

उक्त फोटोमा फिल्म ‘एक्टर’को लोगो प्रयोग भएकाले फिल्मको फस्टलुक नै हुनसक्ने अनुमान गरिएको छ । तर निर्माता थमन भण्डारीले राजबल्लभले पोस्ट गरेको फोटो अफिसियल फस्टलुक नभएको बताए ।

‘उहाँले आफैंले डिजाइन गरेर फोटो हाल्नुभएको हो । फिल्मसँग त्यो तस्वीरको सम्बन्ध छैन,’ भण्डारीले भने । जेहोस्, राजबल्लभको कमब्याकलाई लिएर फ्यान उत्साहित छन् ।

‘एक्टर’ कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?