+
+

इन्टरनेटबिनै पठाउन सकिनेछ फोटो र भिडियो, ह्वाट्सएपको दबदबा अन्त्य हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १४:२०

२ असार, काठमाडौं। एप्पलले रिच कम्युनिकेसन सर्भिस अर्थात् आरसिएस मेसेजिंगको घोषणा गरेको छ । यसलाई मेसेजिंगको नयाँ युग मानिएको छ ।

यसमा इन्टरनेट विना नै फोटो, भिडियो तथा मेसेज पठाउन सकिनेछ। एप्पलको यो नयाँ सर्भिसले गुगल तथा ह्वाट्सएपलाई ठूलो झट्का लाग्ने अपेक्षा गरिएको छ । यसमा एप्पलको आइमेसेजबाट एन्ड्रोइडमा आधारित गुगलको इनबक्समा मेसेज गर्न सकिनेछ।

एप्पलले आफ्नो वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्सका क्रममा यसको घोषणा गरेको छ । आइमेसेजमा आरसिएस सपोर्ट उपलब्ध हुने एप्पलको भनाई छ । आइओएस १८ अपडेटमा यो वर्षको अन्त्यसम्ममा उक्त फिचर सुरु गरिने एप्पलले जनाएको छ ।

योसँगै लामो मेसेजहरु, उच्च गुणस्तरीय तस्वीर तथा भिडियोहरु पठाउन सकिनेछ। एन्ड्रोइड प्रयोगकर्ताले पनि मोबाइलबाट आइफोनमा ह्वाट्सएप जस्ता मेसेज पठाउन सक्नेछन् । साथै मेसेजलाई फोन नेटवर्कमै पठाउन सकिनेछ । अर्थात् फोनमा इन्टरनेट विना नै ह्वाट्सएपमा जस्तो मेसेज पठाउन सकिनेछ । एजेन्सीको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?