+

आभन र सृष्टिकालाई स्क्वासको उपाधि

२०८१ असार  २ गते १४:४८ २०८१ असार २ गते १४:४८
आभन र सृष्टिकालाई स्क्वासको उपाधि

२ असार, काठमाडौं । ओलम्पिक डे २०२४ को अवसरमा स्क्वास र्‍याकेट संघ कास्कीको आयोजनामा भएको खुल्ला स्क्वास प्रतियोगितामा आभन श्रेष्ठ र सृष्टिका उदास विजेता बनेका छन् ।

दुई दिने प्रतियोगितामा पुरुष खुल्लातर्फको फाइनलमा आभनले नवराज श्रेष्ठलाई ३–२ को सेटमा हराए । यसैगरी खुल्ला महिलातर्फ च्याम्पियन बन्न सृष्टिकाले फाइनलमा समीक्षा ठकुरीलाई ३–२ को सेटमै पराजित गरिन् ।

सो प्रतियोगितामा पुरुषतर्फ ३१ र महिलातर्फ सात जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोतिगाको फाइनलमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

स्क्वास र्‍याकेट संघ कास्कीका अध्यक्ष प्रवीण पालिखेले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा स्क्वास खेललाई समावेश गरिएको जानकारी गराए ।

आभन श्रेष्ठ सृष्टिका उदास स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय