२ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले खेल्ने चार देशीय फुटबल प्रतियोगिताको मिति तय भएको छ ।
लेबनानको बेरुतमा हुने उक्त प्रतियोगिता असार २४ देखि साउन १ (जुलाई ८ देखि १६) सम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
प्रतियोगितामा आयोजक लेवनान र नेपालसहित जोर्डन र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले जोर्डनमा भएको वाफ वुमन्स च्याम्पियनसिप खेलेपछि लेवनानमा खेल्ने प्रस्ताव आएको थियो ।
एन्फाले त्यसलाई स्विकार गर्दै चारदेशिय कप खेल्न लागेको हो । वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
चार देशीय कपका लागि नेपाली महिला टिम अहिले बन्द प्रशिक्षणमा छ । हाल प्रशिक्षणमा २५ खेलाडी छन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघि ३० खेलाडीलनई प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट ५ खेलाडी बाहिरिएका छन् ।
प्रतिक्रिया 4