+
+

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा थापाथली सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १७:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडको त्रिपुरेश्वर शाखालाई थापाथली स्थानन्तरण गरिएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्दै आइरहेको छ ।

सोही क्रममा त्रिपुरेश्वर शाखालाई काठमााडौँ महानगरपालिका–११ स्थित थापाथलीमा स्थानन्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार २ असारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा सुरु गरिएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका छन् ।

यसैगरी चितवनको नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१ स्थित मेनरोड नारायणगढबाट सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?