+
+

संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १८:२६

२ असार, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको हो ।

सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, हितराज पाण्डे र जीवन परियारसँग आजको बैठकमा परामर्श लिइएको थियो ।

समितिका सभापति सूर्य थापाले सबैको अपनत्व बढाउन कार्यादेश बनाउने नेतासँग छलफल गरेको बताए ।

आजको बैठकले समितिको कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ ।

विशेष समितिको कार्यविधिमा संघका साथै प्रादेशिक सहकारीसँग सम्बन्धित निकाय, सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीको तथ्य संकलन गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?