+
+

संसदीय छानबिन समितिले भदौ तेस्रो साता प्रतिवेदन बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १९:०२

२ असार, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले भदौको तेस्रो साता प्रतिवेदन बुझाउने गरी कार्यविधि बनाएको छ ।

समितिको आज बसेको बैठकले कार्यविधि सर्वसम्मत् रूपमा पारित गरेको हो । आजको बैठकमा छानबिन समितिको कार्यादेश बनाउने सदस्यहरुसँग पनि छलफल गरिएको छ ।

मंगलबारका लागि बोलाइएको आगामी बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सहकारी विकास बोर्ड पदाधिकारी लगायतलाई छलफलका लागि डाकिएको समिति सदस्य एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । ‘कार्यतालिका पनि पारित गरिएको छ । भदौको तेस्रो हप्तामा समितिले काम सक्ने गरी कार्यतालिका बनेको छ,’ कार्यदल सदस्य पाण्डेले भने ।

कार्यादेश बनाउन संलग्न सदस्यहरूले त्यसको व्याख्या आजको बैठकमा गरेका थिए । अनुसूची १ र २ मा उल्लेख भएका सहकारी र कार्यादेशमा भएको गोर्खा मिडियामा रकम गएका सहकारीमा केन्द्रित भएर समितिले काम गर्नसक्ने कार्यदल सदस्यको व्याख्या गरेको पाण्डेले जानकारी गराए ।

१५ जेठमा बनेको समितिमा नेकपा एमालेका सांसद सूर्य थापा सभापति छन् । नेपाली कांग्रेसबाट सहमहामन्त्री पाण्डे र केन्द्रीय सदस्य एवं सासद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?