+

१९ औं एसियन गेम्समा पदक विजेता खेलाडीले ९ महिनापछि पाए पुरस्कार

२०८१ असार  २ गते १९:२२ २०८१ असार २ गते १९:२२
१९ औं एसियन गेम्समा पदक विजेता खेलाडीले ९ महिनापछि पाए पुरस्कार

२ असार, काठमाडौं । गत वर्ष असोजमा चीनको हान्झाउमा भएको १९ औं एसियन गेम्समा पदक जितेका खेलाडीले पुरस्कार पाएका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो १०० दिनको अवसर पारेर उनीहरुलाई पुरस्कार रकम प्रदान गरे ।

एसियन गेम्समा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ । उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई जनही ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजार रुपैयाँ पुरस्कार दिइएको छ ।

१९ औं एसियनमा ऐतिहासिक कास्य पदक विजेता महिला कबड्डी टिमका १२ खेलाडी, प्रशिक्षक र व्यवस्थापक पनि पुरस्कृत भएका छन् ।

खेलाडीले जनही ३ लाख ९० हजार प्राप्त गरे भने प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे ।

त्यस्तै, चौथो पारा तेक्वान्दोकी पलेसा गोवर्द्धनले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी हुन् । उनका प्रशिक्षक कविराज नेगीले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे ।

कार्यक्रममा फागुनमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकप छनोट भएको नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई पनि सम्मान गरिएको छ ।

क्रिकेटका १५ खेलाडीले जनही १३ लाख पुरस्कार प्राप्त गरेका हुन् । प्रशिक्षक मोन्टी देशाइले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, फिजियो बिक्रम न्यौपाने र टिम व्यवस्थापक सुमनराज कार्कीले समान १ लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

एसियन गेम्स खेलाडी पुरस्कार विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय