
काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा गुल्शन झा शून्य रनमा आउट भए ।
त्यसअघि कुशल मल्ल २७ रन बनाएर क्याचआउट भएका थिए ।
नेपालले धमाधम विकेट गुमाइरहेका बेला कुशल र दीपेन्द्र सिंह ऐरीले इनिङ सम्हालेका थिए । उनीहरुबीच ५१ रनको साझेदारी भएको छ ।
४० बल सामना गरेका कुशलले एक छक्का र एक चौकाको मद्दतमा २७ रन बनाए ।
दीपेन्द्र २५ बलमा २५ रन बनाएर खेलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4