+

अग्रता जोगाउन नसक्दा डेनमार्क स्लोभेनियासँग रोकियो

२०८१ असार  ३ गते ८:४८ २०८१ असार ३ गते ८:४८
अग्रता जोगाउन नसक्दा डेनमार्क स्लोभेनियासँग रोकियो

३ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत डेनमार्क र स्लोभेनियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीमा भइरहेको जारी युरोमा यो पहिलो बराबरी हो ।

बराबरीपछि समूह सी मा डेनमार्क र स्लोभेनिया दुवैले समान १ अंक जोडेका छन् ।

स्टुटगार्ड एरेनामा भएको खेलमा डेनमराकले सुरुमा अग्रता लिए पनि कायम राख्न नसक्दा बराबरीमा रोकिएको हो । क्रिस्टियन एरिक्सले युरो पुनरागमनमा १७औं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

युरो २०२० को पहिलो खेलमा फिनल्याण्डविरुद्ध कार्डिक एरेस्ट भएर मैदानमा ढलेपछि एरिक्सनले पहिलो पटक युरो खेलेका हुन् ।

खेलमा एरिक्सनले उत्कृष्ट प्रदर्शन गर्दै बल पोसेसन राख्दै अवसर समेत सिर्जना गरेका थिए । तर, डेनमार्कले ट्ट्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता बढाउने अवसर गुमाएको थियो ।

पहिलो हाफमा सल्भेनियाका गोलकिपर जान ओब्लाकले उत्कृष्ट बचाउ समेत गरेका थिए ।

७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल नहुँदा दुवैले अंक बाँडेका हुन् ।

अब आगामी मंगलबार डेनमार्कले इंग्ल्याण्ड तथा स्लोभेनियाले सर्वियासँग दोस्रो खेल खेल्नेछ ।

युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय