+

अन्तिम खेलमा श्रीलंकालाई सुखद नतिजा, नेदरल्याण्ड्स ८३ रनले पराजित

२०८१ असार  ३ गते ९:४१ २०८१ असार ३ गते ९:४१
अन्तिम खेलमा श्रीलंकालाई सुखद नतिजा, नेदरल्याण्ड्स ८३ रनले पराजित

३ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ मा समूह चरणको अन्तिम खेलमा श्रीलंकाले जीत निकालेको छ ।

आज बिहान भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३  रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद् अन्त्य गरेको हो ।

२०२ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६.४ ओभरमा ११८ रनमै अल आउट भएपछि श्रीलंका फराकिलो अन्तरले विजयी भएको हो ।

नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र कप्तान स्कट एडवार्ड्सले ३१/३१ रन बनाउन बाहेक अरु ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

म्याक्स ओडाउड र सिब्रांड इगल्ब्रेटले ११/११ र आर्यन दत्तले १० रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका नुवान तुषाराले ३, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले २/२ र महेश थीक्षण र दासुन शानकाले एक/एक विकेट लिए  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २०१ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिस र चरिथ असलंकाले ४६/४६, धनन्जय डे सिल्भाले ३४, कामिन्दु मेन्डिसले १७ रनको योगदान गरे ।

एन्जिलो म्याथ्युज ३० र वानिन्दु हसरंगा २० रनमा अविजित रहँदै २०१ को स्कोर बनाउन मद्दत गरे ।

नेदरल्याण्डसका लोगन भान विकले दुई, भिभियन किंग्मा, आर्यन दत्त, पाउल भान मिर्केन र टिम प्रिन्गलले एक/एक विकेट लिए ।

यो खेलसँगै श्रीलंका समूह चरणमा तीन अंक जोडेर तेस्रो स्थानमा रहँदै घर फर्किने भएको छ । ४ खेलमा एक खेल जितेर २ अंक जोडेको श्रीलंकाले एक अंक नेपालसँगको खेल वर्षाले रद्द हुँदा पाएको हो ।

टी-२० विश्वकप श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय