+
+

क्रिसमसमा अक्षय कुमारको ‘वेलकम ३’ नआउने, आमिरको सोलो रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १२:२१

काठमाडौं । भारतमा फिल्मको रिलिज मितिलाई लिएर विभिन्न हलचल मच्चिरहेका हुन्छन् । बलिउडदेखि साउथसम्मका धेरै फिल्मको रिलिज मिति घोषणा भइसकेको छ भने कतिपय स्थगित समेत भएका छन् ।

आगामी भारतीय स्वतन्त्रता दिवस र दिवाली (तिहार)मा रिलिज हुने फिल्मको लाइन लामो छ । त्यसपछि क्रिसमस पनि निर्माताको रोजाइमा पर्ने समय हो ।

क्रिसमसमा अक्षय कुमार र आमिर खान आमनेसामने हुने लगभग तय भएको थियो । तर अब उक्त मितिमा अक्षय कुमार स्टारर ‘वेल्कम ३’ नआउने भएको छ । काम पूरा नभइसकेकाले फिल्म रिलिजमा ढिलाइ हुनसक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘वेलकम ३’ नआएमा क्रिसमसमा आमिर खानको ‘सितारे जमीन पर’ सोलो रिलिज हुनेछ ।

‘वेलकम’ फ्रेन्चाइजीको तेस्रो शृंखला रुपमा ‘वेलकम टु द जंगल’ निर्माण भइरहेको हो । अहमद खानको निर्देशन रहेको यो फिल्मको पहिलो शृंखला सन् २००७ मा रिलिज भएको थियो भने सन् २०१५ म ‘वेलकम ब्याक’ शीर्षकमा सिक्वेल आएको थियो ।

अक्षय कुमारको आगामी फिल्म ‘सराफिरा’को फर्स्ट लुक सार्वजनिक कार्यक्रममा उनले डिसेम्बरमा ‘वेलकम ३’ रिलिज हुने सम्भावना नरहेको बताए । ‘वेलकम’ फ्रेन्चाइजीका दुवै भाग सफल भएकाले ‘वेलकम ३’ लाई लिएर दर्शक अधैर्य छन् ।

स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले भनेको छ, ‘वेलकम ३ को पहिलो सेड्युल भर्खरै मेमा सम्पन्न भएको थियो । यसको सुटिङ महाराष्ट्रको आरेमा लामो समयसम्म चलेको थियो । यद्यपि, यो धेरै तालिकामध्ये पहिलो थियो । यसबाहेक प्रिन्सिपल फोटोग्राफीपछि आवश्यक भीएफएक्सको काम हुनेछ । यस्तो अवस्थामा यो फिल्म २० डिसेम्बर २०२४ मा रिलिज हुने सम्भावना देखिंदैन ।’

आमिर खानको ‘सितारे जमिन पर’ सोलो रिलिज हुने

यदि ‘वेलकम ३’ को बारेमा यो रिपोर्ट सत्य साबित भयो भने आमिर खानको ‘सितारा जमिन पर’ एकल रिलिज हुनेछ। ‘लाल सिंह चड्ढा’ असफल भएपछि आमिरले क्रिसमसमा यसै फिल्मबाट कमब्याक गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?