+
+

सहायक सडकले तम्घास–सिमलटारीमा सास्ती (तस्वीरहरू)

अनिल खत्री अनिल खत्री
२०८१ असार ३ गते १२:४६

३ असार, गुल्मी । गुल्मीमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ ।

सहायक सडक विस्तारको क्रममा फालिएको माटोले मुख्य सडकको कालोपत्रे भत्काएर यात्रा कष्टकर बनाएको छ ।

वर्षाले सहायक सडक विस्तारका क्रममा फालिएको माटो बगाएर मुख्य सडकमा थुपार्न थालेको छ । कालोपत्रे बाटोमा माटो, हिलो थुप्रिंदा साना, ठूला सवारी साधनलाई यो खण्ड पार गर्न समस्या हुन थालेको छ । दुई पाङ्ग्रे साधन चलाउन नसकिने भएको छ ।

मुख्य सडकमा थुप्रिएको हिलो हटाउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको इस्मा गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।

यो खण्ड भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधन आवतजावत गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?