+
+

आज मण्डला थिएटरमा एकल साँझमा गुञ्जिंदै पुष्पण प्रधान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १३:३२
एकल साँझका लागि अभ्यास गर्दै पुष्पण प्रधान र ब्यान्ड

काठमाडौं । गायक पुष्पण प्रधानले सोमबार साँझ एकल कन्सर्ट गर्दैछन् । ‘पन्छी : कथा भन्ने, गाउने’  शीर्षकमा उनले मण्डला थिएटरमा साँझ साढे ५ बजेदेखि लाइभ ब्यान्डमा प्रस्तुति दिनेछन् ।

अन्य एकल कन्सर्टभन्दा फरक तरिकाले गर्ने आफूहरुको प्रयास रहेको पुष्पणले बताए । उनले कार्यक्रममा विशुद्ध ढंगले गीत सुनाउने र गीतभित्रका कथा पनि भन्ने जानकारी दिए ।

मण्डला थिएटरमा आफ्नो ढंगले गुञ्जिने भन्दै अनलाइनखबरको गफ स्टेसनमा केही समयअघि भनेका थिए, ‘जहिले पनि रमाइलो गरेर मान्छे उफारेर आउने तर आत्माले चाहिं सन्तुष्टि पाएन । तँ यसका लागि होइन, तेरो काम होइन यो भनेर मेरो आत्माले सधैं भनिरहन्थ्यो,’ पुष्पण भन्छन्, ‘आशा छ त्यो कार्यक्रम मैले सोचेजस्तो जिन्दगीको पहिलो कार्यक्रम हुनेछ ।’

पुष्पणले एकल कन्सर्टमा पन्छी, धिनधिना, बाबुको जुँगो, एउटा सपना छ, कमाने आमा लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?