+
+

व्यक्तिगत स्वार्थ र आफूमात्रै होइन देशको भविष्य सोचौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १३:५०

३ असार, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत स्वार्थ र आफ्नो भविष्यमात्रै नहर्ने आग्रह गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन सबैमा अपिल गरेका हुन् ।

प्रधानमन्त्रीले राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिंदै सबैलाई आ–आफ्नो कर्ममा समर्पित हुन आग्रह गरे ।

‘राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।’

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?