+
+

संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनको ताला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३ गते १६:३१

३ असार, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले फेरि तालाबन्दी गरेका छन् ।

केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने विश्वविद्यालयका शिक्षकहरूको करार अवधि थप गर्नुपर्ने, चिकित्सा शिक्षा अयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण हुनुपर्ने र ओ एन्ड एम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने लगायत माग राख्दै नेविसंघ र अखिल क्रान्तिकारीले विश्वविद्यालयको मुख्य ढोकामा ताला लगाउनुको साथै रजिष्ट्रारको कुर्सी जलाएका छन् ।

केही दिनअघि नै माग राखेर रजिष्ट्रार माधव अधिकारीलाई भेटे पनि माग सम्बोधन नभएको भन्दै आइतबार रजिष्ट्रारको कुर्सी जलाएका थिए ।

संस्कृत विश्वविद्यालय, सेवा आयोगले २०७८ मा विज्ञापन खुलाएको थियो । तर विरोध र तालाबन्दीका कारण करिब दुई वर्ष रोकिएको थियो ।

लोक सेवा आयोगसँगको समन्वयमा ५ भदौ २०८० मा परीक्षा सञ्चालन गरी ५१ जना शिक्षक छनोट भएको उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले बताए । छनोट भएका शिक्षकहरू २९ जेठमा नियुक्ति बुझेर आइतबारदेखि हाजिर गर्न सुरु गरेका थिए ।

तर आयुर्वेदमा अध्यापनरत डा. मदन भण्डारी र डा. अमित कर्ण अन्तर्वार्तामा नाम निकाल्न नसकेपछि उनीहरूको करार निरन्तरता गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

उपकुलपति लामिछाने भन्छन् ‘करार भनेको नै निश्चित अवधिको लागि हो । आवश्यक भए करार अवधि थपिने हो । अहिले थप्न सक्ने अवस्था छैन ।’

तर नेविसंघका एकाइ अध्यक्ष डा. बसन्त अधिकारी भने शिक्षकहरूको करार अवधि थप नगर्दा विद्यार्थीको पढाइमा असर पर्ने भएकाले नथपेसम्म सहमति हुन नसक्ने बताउँछन् ।

उनी भन्छन् ‘चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार पनि उहाँहरूको करार थपिनुपर्छ । नथप्दा विद्यार्थीको पढाइमा प्रभाव पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?