+

पुरनले जोडे विश्वकपमा एकै ओभरमा ३६ रन

२०८१ असार  ४ गते ९:०९ २०८१ असार ४ गते ९:०९
पुरनले जोडे विश्वकपमा एकै ओभरमा ३६ रन

४ असार, काठमाडौं । वेष्टइण्डिजका आक्रामक विकेटकिपर निकोलस पुरनले आईसीसी टी-२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध एकै ओभरमा ३६ रन जोडेका छन् ।

सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनायो । निकोलस पुरनले ५३ बलमा ६ चौका र ८ छक्कासहित ९८ रनको आक्रामक इनिङ खेलेका थिए ।

अन्तिम ओभरको चौथो बलमा रन आउट भएपछि पुरन आफ्नो टी२० आई करिअरको पहिलो शतक बनाउन चुकेका थिए । चौथो ओभरमा पुरनले तीव्र गतिका बलर आजमतुल्लाह ओमरजाईको ओभरमा ३६ रन जोडेका थिए ।

ओमरजाईलाई पुरनले पहिलो बलमा छक्का र दोस्रो नो बलमा चौका हानेका थिए । फ्रिहिट बलमा वाइड हुँदा पाँच रन प्राप्त गरेको थियो । एक बलमा वेष्टइण्डिजले १६ रन बटुलेको थियो ।

फ्रिहिट बल योर्करका साथ डट राखे । त्यसपछि तेस्रो बल लेग वाइको रुपमा चौका गएको थियो । त्यसपछि पुरनले चौका, छक्का र छक्का प्रहार गरेपछि ३६ रन बटुल्न सफल भए । पुरनले आफ्नो ब्याटबाट भने कुल २७ रन बनाएका थिए । समूह सी मा वेष्टइण्डिज र अफगानिस्तान सुरुवाती तीनै खेलमा विजयी हात पार्दै सुपर-८ मा पुगेका छन् । आजको नतिजाले समूह विजेता निर्धारण गर्नेछ ।

आईसीसी टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय