+
+

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी धर्नामा

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असार ४ गते ११:३१

४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।

११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् ।

संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ ।

नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।

‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?