+
+

स्थानीय तहका कृषि प्राविधिकका लागि संघले पठायो न्यून बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १२:३९

४ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गाउँ, एक कृषि तथा पशुसेवा प्राविधिक’ कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहहरुलाई परिपत्र गरेको छ । कार्यक्रम अन्तरगत हाल ६१४ स्थानीय तहमा १८६२ जना प्राविधिकहरु कार्यरत छन् ।

आर्थिक वर्ष २०७२/७३मा ततकालीन ‘एक गाविस एक कृषि तथा पशु सेवा प्राबिधिक कार्यक्रम’ अनुसार कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ तयार गरिएको थियो ।

कार्यविधि अनुसार साबिकको जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयबाट राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक सहायक पदमा करारमा नियुक्त भएका थिए ।

तर, राज्य पुनर्सरचनासँगै साविकका गाविसहरु हालका स्थानीय तहमा काम काज गर्ने गरी व्यवस्थापन भएको थियो । आर्थिक वर्ष २०८१/८२ को लागि सशर्त अनुदानमा प्राप्त बजेट सिलिङको अधिनमा कषि मन्त्रालयले प्रति प्राविधिक १ लाख ७२ हजार विनियोजन भएको छ । तर, यो बजेट प्राविधिकको पारिश्रमिकका लागि अपुग हुने देखिएको छ ।

मन्त्रालयले ती प्राविधिकहरुको कार्यसम्पादनका आधारमा चालु आर्थिक वर्षमा पनि सेवालाई निरन्तरता दिन र बाँकी आवश्यक बजेट तहाँबाटै व्यवस्था गर्न परिपत्रमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?