+
+

सहयोगको बहानामा विदेशी नागरिकलाई ठमेलमा ठगी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १३:४६

४ असार, काठमाडौं । सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लागेको छ । सर्लाहीका शुभम् तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् ।

सहयोग गर्छु भन्दै ठमेलको होटल योगमा लगेर पाकिस्तानी र भारतीय नागरिकलाई रोखेको र उनीहरुबाट रकम लिएर होटललाई समेत नतिरी ठगी गरेको पीडितहरुको भनाइ छ ।

तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर र अर्का भारतीय नागरिक चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएको बताएका छन् ।

प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले भने घटनाको बारेमा आफूलाई अहिलेसम्म रिपोर्टिङ नभएको र उजुरी दर्ता भएको भए कारबाही अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?