+

प्रिमियर लिगको तालिका : पहिलो खेलमा युनाइटेड र फुलहम भिड्ने

२०८१ असार  ४ गते १७:१९ २०८१ असार ४ गते १७:१९
प्रिमियर लिगको तालिका : पहिलो खेलमा युनाइटेड र फुलहम भिड्ने

४ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२४–२५ को खेल तालिका सार्वजनिक भएको छ ।

तालिकाअनुसार नयाँ सिजनको पहिलो खेल म्यानचेष्टर युनाइटेड र फुलहमबीच आगामी अगष्ट १६ मा ओल्ड ट्राफोर्डमा हुनेछ ।

यस्तै साविक विजेता म्यानचेष्टर सिटीले पहिलो खेलमा चेल्सीको भ्रमण गर्ने भएको छ ।

सिटी र चेल्सी बीचको खेल अगष्ट १८ मा चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा हुनेछ ।

यस्तै नवप्रवेशी इप्स्वीचले पहिलो खेलमा लिभरपुलको सामना गर्नेछ ।

२२ वर्षपछि शीर्ष डिभिजनमा फर्केको इप्स्वीच र लिभरपुल बीचको खेल अगष्ट १७ मा हुनेछ ।

गत सिजन सिटीभन्दा पछि पर्दै दोस्रो भएको आर्सनले अगष्ट १७ मा वल्भ्ससँग खेल्नेछ ।

पहिलो चरणको खेल तालिका

अगष्ट १६
म्यानचेष्टर युनाइटेड भर्सेस फुलहम

अगष्ट १७
इप्स्वीच टाउन भर्सेस लिभरपुल
आर्सनल भर्सेस वल्भ्स
एभरटन भर्सेस ब्राइटन
न्यूक्यासल भर्सेस साउथह्याम्पटन
नटिङहम फरेस्ट भर्सेस बर्नमाउथ
वेष्टहम भर्सेस एस्टन भिल्ला

अगष्ट १८
ब्रेन्टफोर्ट भर्सेस क्रिस्ट प्यालेस
चेल्सी भर्सेस म्यानचेष्टर सिटी

अगष्ट १९
लेस्टर सिटी भर्सेस टोटनहम

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय