+
+

‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १७:३६

काठमाडौं । बालबालिकाको आँखा स्वास्थ्य लक्षित ‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका सार्वजनिक भएको छ । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले पुस्तिका विमोचन गरे ।

अस्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका मिथिला कलाकारबाट तयार यो पुस्तिका तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागमा उपलब्ध हुनेछ ।

एक हजारप्रति प्रकाशन गरिएको बाल पुस्तिकाबाट उपचारका क्रममा आफ्नो पालो पर्खिरहेका बालबालिकाले स्वर्गीय डा. फ्रेड होलोज र डा. सन्दुक रुइतबीचको मित्रताबारे समेत जान्न पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?