+
+

कार्यकर्तालाई वितरण गर्न बजेटमा साना योजना राखियो : सांसद महत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १८:०३

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी साना योजनालाई बजेटमा राखेको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका महतले ३ खर्ब ३० अर्ब पुँजीगत खर्चमा ५५ अर्बभन्दा बढी १ करोडभन्दा तलका आयोजनामा समावेश गरिएको बताए । उनले भने, ‘यसो गर्नुको एउटै उद्देश्य कार्यकर्तालाई रकम बाँड्ने हो ।’

उनले ५५ अर्ब राज्यको रकम उपभोक्ताका नाममा पार्टीका कार्यकर्ताले दुरुपयोग गर्ने बताए । महतले भने, ‘चार मन्त्रालयमा मात्रै ५५ अर्बभन्दा बढी बजेट एक करोडभन्दा तलका आयोजनामा छ । यी सबै उपभोक्ताको नाममा जसले बजेट राखेका हुन् । उनीहरूले आफ्नो मान्छेमार्फत खर्च गर्छन्, अधिकांश कुठाउँमा पर्छ । त्यसको सदुपयोग हुँदैन ।’

सांसद महतले प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उल्लेख गरे । महतले भने, ‘प्रधानमन्त्रीज्यूले ३ करोडभन्दा कमका योजना राख्दिनँ भन्नुभएको थियो । आखिर व्यवहारमा देखिएन ।’

महतले गत वर्षको सरकारले ल्याएका योजनामा पूर्ण भेदभाव गरेर बजेट विनियोजन भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?