+
+

पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण लुकेर गर्ने विषय होइन : ढुंगेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १८:२५

४ असार, काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको प्रष्टोक्ति दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण लुकेर गर्ने विषय नभएको उल्लेख गरेका छन् । ‘..उहाँले पार्टी सदस्यता नवीकरण गर्ने विषय लुकेर गर्ने विषय पनि होइन’ ढुंगेलले लेखेका छन्, ‘यदि नवीकरण गर्ने इच्छा गर्नुभयो भने उहाँको सक्रियता नि:शन्देह एमाले पार्टीमा नै हुनेछ, यो तह सबैलाई थाहा भएकै कुरा हो ।’

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन सक्ने अनुमानबारे ढुंगेलले ६ बुँदे तर्क लेख्दै अहिलेसम्म पार्टी सदस्यता नवीकरण नभएको सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?