+
+

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १८:२६

काठमाडौं । एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अनुसार ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर मोबाइल नम्बर आफै बनाउन सक्ने छन् । आफ्नो जन्मदिन, सहयात्रीलाई पहिलो पटक भेटेको दिन, सवारीसाधनको नम्बर वा अन्य कुनै महत्त्वपूर्ण मितिको मोबाइल नम्बर नम्बरमा परिवर्तन गरी सधैं अनमा रहन सकिन्छ ।

आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन पनि सकिने कम्पनीले जनाएको छ ।

उदाहरणका लागि श्रीमानले  अन्तिमको ६ अंक xxx९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो xxx९४१ नम्बर लिन सक्छन् ।

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफैं रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन् ।

ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् ।

हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता भएको कम्पनीले जनाएको छ ।

एनसेलका चीफ कमर्सियल अफिसर उमेर मोहसिनले आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको बताए ।

यस योजना अन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नका लागि ९ लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ ।

बुकिङ गरिएको सिम ग्राहकले देशभरिका एनसेलका ३२ वटा एनसेल सेन्टरहरू मध्ये कुनै पनि सेन्टरमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ । बुकिङ् गराएको नम्बर ७ दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सूचीबाट स्वत हट्नेछ र सो नम्बर अरू ग्राहकले पनि लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?