+

एरिका गुरुङलाई शिरिष फाउन्डेसनको प्रायोजन

२०८१ असार  ४ गते १८:४६ २०८१ असार ४ गते १८:४६
एरिका गुरुङलाई शिरिष फाउन्डेसनको प्रायोजन

४ असार, काठमाडौं । १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई शिरिष फाउण्डेसनले प्रायोजन गरेको छ ।

नेपाली पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले एरिकालाई एक वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष गुरुङ र एरिकाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार फाउण्डेसनले एरिकालाई १ वर्ष प्रायोजन स्वरुप छात्रवृत्ति प्रदान गर्नेछ ।

सम्झौता अनुसार शिरिष फाउन्डेसनले एरिकालाई प्रोत्साहन स्वरुप मासिक १५ हजार नगद प्रदान गर्नेछ । यस्तै फाउण्डेसनले एरिकालाई खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् ।

फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुझावअनुसार एसियाडमा पदक विजेतका एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि एक प्रेरणाको श्रोत भएको बताउँदै फाउन्डेसनसंग जोडिन पाउँदा खुशी लागेको बताइन् ।

फाउण्डेसनका अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले २०१७ मा फाउन्डेसनको स्थापना गरिएको र एरिकासहित ३ खेलाडीलाई प्रायोजन गरेको बताए ।

साथै शिरिषले फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।

एरिका गुरुङ शिरिष फाउन्डेसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय