+

युरो कपमा डेब्यूलाई यादगार बनाउने लक्ष्यमा जर्जिया

२०८१ असार  ४ गते १८:५६ २०८१ असार ४ गते १८:५६
युरो कपमा डेब्यूलाई यादगार बनाउने लक्ष्यमा जर्जिया

४ असार, काठमाडौं। पहिलो पटक युरोकप खेल्न लागेको जर्जियाले प्रतियोगितालाई यादगार बनाउने लक्ष्य राखेको छ ।

जर्जियाका प्रशिक्षक विल्ली सागनोलले जर्जाले युरो कप २०२४ मा आफूसँग भएको सबै कुरा दिने बताएका छन् ।

प्रतियोगिताको एक मात्र डेब्यूटान्ट टोली जर्जियाले मंगलबार टर्कीएसँग पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

जर्जियाले युरो कप प्लेअफको फाइनलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएर पहिलो पटक कुनै पनि मुख्य प्रतियोगिताको लागि छनोट भएको थियो ।

प्रशिक्षक सागनोलले आफ्नो टोली वाइल्ड कार्डमा आएजस्तै भएको बताएका छन् । ‘के कुरा निश्चित हो भने हामी पोर्चुगल, चेक रिपब्लिक वा टर्कीएसँग खेल्दैछौँ । हामी कहिल्यै हार मान्ने छैनौं र आफूसँग भएको सबै शक्ति लगाउनेछौ,’ उनले भने ।

साग्नोलले युरो कप २०२४ मा छनोट हुनु खेलाडीहरुको सपना पूरा भएको क्षण भन्दै प्रतियोगिता र पहिलो खेलका लागि केन्द्रित रहेको बताए ।

उता टर्की भने पहिलो खेलबाटै जितसहित युरो यात्रा सुरु गर्न चाहन्छ । टर्की यसअघिका दुई युरोमा समूह चरण पार गर्न असफल भएको थियो । तर, प्रशिक्षक भिनसेन्जो मोन्टेलाको नजर यसपटक सुरुवातदेखि नै जित निकाल्नेतर्फ केन्द्रित छ ।

‘हामी समर्थकलाई खुशी बनाउन चाहन्छौँ । त्यसकारण जोश र साहसका साथ खेल्न चाहन्छौँ ‘ मोन्टेलाले भने ।

उनले टिममा हाकन चाल्हानोग्लु जस्ता क्षमतावान खेलाडी र युवा खेलाडीहरुको मिश्रण रहेकोले राम्रो सम्भावना रहेको बताए ।

यस्तै चोटका कारण केही खेलाडी अनुपस्थित रहे पनि टिमका भएका खेलाडीलाई विश्वास गर्नुपर्ने बताए ।

टर्कीए र जर्जिया मुख्य प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन् । तर यसअघि भएका तीन मैत्रीपूर्ण खेल टर्कीले जितेको थियो । यी दुई टोली २०१२ यता भेट भएका छैनन् । त्यस बेला भएको खेलमा टर्कीए ३-१ ले विजयी भएको थियो ।

टर्कीएले यसअघि युरोमा पाँच खेल्दा आफुनो पहिलो खेल कहिल्यै जितेको छैन । टर्कीका अर्दा गुलेर युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो टर्किस खेलाडी हुन् ।

हाल रियल मड्रिडबाट खेल्ने गुलेर जुनमा बोरुसिया डर्टमण्डलाई पराजित गर्दा बेन्चमा थिए ।

जर्जिया युरो कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय