+

राष्ट्रिय फेन्सिङमा मिनलाई स्वर्ण

२०८१ असार  ४ गते १९:१९ २०८१ असार ४ गते १९:१९
राष्ट्रिय फेन्सिङमा मिनलाई स्वर्ण

४ असार, काठमाडौं । नेपाल आर्मीका मिन कार्कीले छैठौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत ईपीमा मंगलबार स्वर्ण जितेका छन् ।

एपीएफका जंग गिरी दोस्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेस्रो भए ।

नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा बागमतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेस्रो बने ।

महिला टिम ईपीमा एपीएफ पहिलो, गण्डकी दोस्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेस्रो भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

फेन्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय