+

एथलेटिक्समा शिवराज र निशा उत्कृष्ट खेलाडी

२०८१ असार  ४ गते २०:१५ २०८१ असार ४ गते २०:१५
एथलेटिक्समा शिवराज र निशा उत्कृष्ट खेलाडी

४ असार, काठमाडौं । एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।

शिवले १ सय र २ सय मिटर दौडमा स्वर्ण तथा ४ गुणा १ सय मिटर रिलेमा रजत जितेका थिए । निशाले १ सय र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण जितिन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २ सय मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे । वीरगञ्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कास्य हात पारे ।

सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारु क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

पुरुष ८ समय मिटर दौडमा आर्मीका सुनिल सुनार पहिलो भए । उनले १ मिनेट ५७.८६ सेकेन्ड समय लगाए । आर्मीकै अक्कलबहादुर पाल दोस्रो तथा एपीएफका सञ्जीव नेपाली तेस्रो बने । उक्त स्पर्धाको महिलामा एपीएफकी आशा रावत पहिलो भइन् । आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बू दोस्रो तथा नवीना थापा तेस्रो भए ।

दुईदिने प्रतियोगितामा ५ सय ७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्समा सबैभन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो ।

एथलेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय