+
+

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते ६:४७

५ असार, जनकपुरधाम । सिराहामा प्रहरी जवानको मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् ।

गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार झुण्डिको अवस्थामा मृत फेला परेकी थिइन् ।

बाँके खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?