+

पोर्चुगलको पुनरागमन जित, रोनाल्डोको अर्को कीर्तिमान

२०८१ असार  ५ गते ८:२१ २०८१ असार ५ गते ८:२१
पोर्चुगलको पुनरागमन जित, रोनाल्डोको अर्को कीर्तिमान

५ असार, काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ ।

खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेक रिपब्लिकलाई पहिले अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन ।

चेक रिपब्लिकका रोविन ह्रानाकले ६९औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । पोर्चुगलका नुनो मेन्डेजको हेडर बल क्लियर रग्ने क्रममा रोविनले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि पोर्गुचलका डिएगो जोटाले गोल गरेपछि अफसाइड भएको थियो ।

तर फ्रान्सिस्को कोन्सेइकाओले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

यस जितले रोनाल्डोको लगातार छैटौं युरोमा पनि राम्रो सुरुवात भएको छ ।

तस्वीर : यूइएफए

क्रिष्टियानो रोनाल्डो पोर्चुगल युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय