+
+

अन्तर्राष्ट्रिय बजारमा फेरि महँगियो कच्चा तेल

एजेन्सी एजेन्सी
२०८१ असार ५ गते ९:१८

५ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ । दुई सातामा प्रतिब्यारेल औसत १० प्रतिशतले कच्चा तेलको भाउ बढेको छ ।

जेठ २२ गते प्रतिब्यारेल ७७.५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको भाउ हाल ८१ डलर नाघेको छ । सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३.२५ बाट ८१.५ डलर पुगेको छ । दुई साताको अवधिमा मुर्बान तेलको भाउ प्रतिब्यारेल ७८.०६ बाट ८४.६ डलर कायम भएको छ ।

अमेरिकाले मौज्दात केही बढाउन थालेसँगै मूल्यवृद्धिमा टेवा पुगेको हो । अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई)को तथ्यांकअनुसार एक सातामा अमेरिकी मौज्दात २२ लाख ब्यारेल बढेको छ । जसले गर्दा कच्चा तेलको भाउ बढ्न पुगेको सञ्चामाध्यम आयलप्राइसले जनाएको छ । त्यस्तै ओपेक प्लसले यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गर्नुले पनि मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले नेपालमा पनि असर पार्दछ । कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्यअनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?