+
+

सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पहिरोले गाडी पुरियो

रासस रासस
२०८१ असार ५ गते ९:४२

५ असार, कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौं सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

त्यस्तै गोलञ्जोर-१ कुडुलेमा प्र२-०३-००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?