+
+

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीनै जना अनुपस्थित, प्रक्रिया रद्द हुने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते ९:५१

५ असार, काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षका तीन उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएका छन् । ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको स्रोतले जनाएको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका दिएका थिए । सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अब रद्द हुने सम्भावना बलियो देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा भनिएको छ, ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ पाँचमध्ये तीन जना अन्तरवार्तामा नै उपस्थित नभएपछि उपस्थित भएका दुईजनाको मात्रै नाम सिफारिस गर्न मिल्दैन । जसकारण कानूनी रुपमा सिफारिस प्रक्रिया नै रद्द हुने अवस्था आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?