+
+

दुबई पुगेर गरे अस्मिता र महेशले इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते ११:३५

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।

अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’ उनले लेखेकी छन् । तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ । तस्वीरमा उनीहरु रोमान्टिक मुद्रामा छन् ।

अस्मिता पछिल्लो समयकी सर्वाधिक व्यस्त गायिका हुन् भने महेश पनि सांगीतिक क्षेत्रका सक्रिय कलाकार हुन् ।

तस्वीर : अस्मिता अधिकारीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?