+
+

तीन दिनदेखि सुनको भाउ स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते ११:४८

५ असार, काठमाडौं । सुनको भाउ तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महसंघले बुधबारका लागि पनि तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्ला दुई दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?