+
+

केन विलियम्सनले छाडे कप्तानी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:३०

५ असार, काठमाडौं – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले कप्तानी छाड्ने निर्णय लिएका छन् । टेस्ट कप्तानी यसअघि नै छाडेपनि अव ओडीआई र टी–२० आईको पनि नगर्ने जनाएका छन् ।

आईसीसी टी-२० विश्वकप २०२४ मा न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको केही दिनमै विलियम्सनले कप्तानी छाड्ने निर्णय लिएका हुन् । विलियम्सनले सन् २०१६ देखि नियमित रुपमा न्युजिल्यान्डको कप्तानी गर्दै आएका थिए ।

उनको कप्तानीमा न्युजिल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । उक्त विश्वकपको फाइनल र सुपर ओभर दुबै बराबर भएपछि न्युजिल्यान्डले भन्दा बढी चौका र छक्का हानेको नियममा इंग्ल्यान्ड विश्वकप च्याम्पियन बनेको थियो ।

न्युजिल्यान्ड सन् २०२१ को टी-२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो । त्यसै वर्ष आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्डले उपाधि जितेको थियो । गतवर्ष पनि एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो । उनको कप्तानीमा न्युजिल्यान्डले आईसीसीको प्रतियोगितामा लगातार राम्रो गर्दै आएको थियो ।

विलियम्सनले न्युजिल्यान्डबाट ९१ ओडीआई खेलमा कप्तानी गर्दा ४६ मा जित, ४१ मा पराजित र ४ खेल नतिजा विहीन बनेको थियो । त्यस्तै ७५ टी-२० आई खेलमा कप्तानी गर्दा ३९ मा जित, ३५ मा हार र १ खेल नतिजा विहीन बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?