+

पासाङ र ऋदिको विजयी सुरुआत

२०८१ असार  ५ गते १२:५३ २०८१ असार ५ गते १२:५३
पासाङ र ऋदिको विजयी सुरुआत

५ असार, काठमाडौँ । नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सीप सुरु भएको छ ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहको स्क्वास कोर्टमा भएको प्रतियोगिताको पहिलो दिन पुरुष ओपनमा पासाङ ब्लोन लामा, ऋद्धि शाक्य, राज महर्जन र विकास तुम्सिङ मगरले विजयी सुरुआत गरे ।

चौथो वरीयताप्राप्त पासाङले आभान श्रेष्ठलाई सजिलै ११-६, ११-० र ११-५ को सोझो सेटमा पराजित गरे  । यसैगरी पाँचौ वरीयताका विकासले आरभ श्रेष्ठलाई ११-३, ११-६ र ११-२ ले सजिलै हराएर दोस्रो चरणमा स्थान बनाए  । अभान र आरभ पोखरा स्क्वास एशोसिएसनको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् ।

छैटौँ वरीयताप्राप्त दिर पुन भने सुरुका दुई सेट आफ्नो  पक्षमा पारेर पनि पहिलो चरणबाटै बाहिरिए  । उनी पाँच सेटमा राज महर्जनसँग ६-११, ७-११, ११-७, १२-१० र १२-१० ले स्तब्ध भए । ऋदिले पनि यान राईलाई सोझो सेटमा ३-० ले हराएर पहिलो चरण पार गरे ।

मास्टर्स ४५ प्लसमा राजेन्द्र शाक्यले इन्द्रबहादुर कार्कीलाई ११-३, ११-५, ११-७, प्रज्जवल प्रधानले गुलाम अलीलाई ११-७, ११-५, ७-११, ११-५, दिलीप अधिकारीले एस. चड्डालाई ११-५, ११-७, ११-७ तथा शैलेस अमात्यले अनिल वज्राचार्यलाई ११-८, ६-११, ११-६, ६-११ र १२-१० ले पराजित गरे । यसैगवरी जितेन्द्र जोशी रत्न महर्जन र जिएम शाह धिर पुनलाई सोझो सेटमा हराएर अर्को चरणमा पुगे ।

स्क्वास प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय