+
+

३/३ महिनामा एनओसी लिनेको तथ्याङ्क सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:४०

५ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक तीन महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको तथ्याङ्क सार्वजनिक गर्ने भएको छ ।

एनओसी शाखा प्रमुख नृपध्वज मगरका अनुसार अब एनओसी लिने विद्यार्थीको तथ्याङ्क हरेक तीन महिनामा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ ।

एनओसीको तथ्याङ्क र अध्यागमन विभागको तथ्याङ्क फरक–फरक भएको भन्दै गत वैशाखमा मन्त्रालयको उच्च शिक्षा महाशाखाले एनओसी जारी भएको तथ्याङ्क मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको थियो ।

महाशाखाले शाखालाई एनओसीको तथ्याङ्क मन्त्रालयमा पठाउन र तथ्याङ्क माग गर्नेलाई मन्त्रालयले प्रवक्तामार्फत उपलब्ध गराउने भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?