+
+

कबाड व्यवसायीमाथि लाठी प्रहारबारे प्रभु साहले मागे गृहमन्त्रीको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:४१

५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कवाड व्यवसायीमाथि लाठी प्रहार भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक नागरिक हक हनन भएको भन्दै उनले कवाड व्यवसायीमाथि लाठी प्रहारबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समय लिएर बोल्दै उनले लाठी चार्जम संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। ‘म गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूण रुपमा जुलुस गर्ने हकको प्रयोग हुन्छ कि हुँदैन ? गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ’ उनले भने ।

आफूहरुले निर्वाध व्यावसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको र त्यसक्रममा कैयौं घाइते भएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले पनि आन्दोलनका क्रममा कवाड व्यवसायीमाथि दमन भएको भन्दै विरोध गरे । उनले पनि आकस्मिक समय लिएर बोल्दै घाइतेहरुको नि:शुल्क उपचारको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?