+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका लागे नवीन सुब्बा र दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:४५

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन उनीहरु बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महोत्सवमा नवीन सुब्बा निर्देशित र दयाहाङको शीर्ष भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’को स्क्रिनिङ समेत हुँदैछ । यो फिल्म अहिले नेपालमा प्रदर्शन भइरहेको छ ।

सुब्बा र राई रेडकार्पेट प्रिमियरमा सहभागी हुनेछन् । मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० (बिहीबार) मा ‘गाउँ आएको बाटो’ प्रदर्शन हुने भएको छ । फिल्ममा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको शीर्ष भूमिका छ ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्मले गाउँमा सडक आएपछि जीवनमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सवमा फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’, राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित डकुमेन्ट्री ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने जनाइएको छ ।

महोत्सवका क्रममा फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुनेछन् । सन् २०१७ देखि प्रत्येक वर्ष नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?