+
+

जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:५६

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा अतिक्रमणमा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

‘जनपुरका सबै गुठीको जग्गा स्थानीय प्रशासन, पत्रकार, त्यहाँका मतियार र ठेकेदार सबै मिलेर लुट गर्दैछन् । त्यसमा सबै सरोकार र साझेदारहरूको ध्यानाकर्षण र जिम्मेवारपूर्ण कदमको लागि अनुरोध गर्दछु,’ उनले भने ।

यसअघि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पनि यो विषयमा आफूहरू अनुसन्धानमा रहेको बताएका थिए ।

जेठ ३२ गते गृह मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिएका थिए ।

उनले भनेका थिए, ‘वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ । तपाईंहरूले चाँडै थाहा पाउनुहुन्छ । आजै यसलाई सार्वजनिक गरिदिंदा पनि केही फरक पर्दैन । ९ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृहले बिग अपरेसन गर्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?