+
+

ओटीटी प्लाटफर्मले कसरी कमाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १३:३०

काठमाडौं । बदलिंदो समयसँगै फिल्म हेर्ने तरिका पनि बदलिएको छ । सिनेमा हलमा गएर फिल्म हेर्ने चलन अब ओटीटीतिर सोझिन थालेको छ । सिनेमा हलमा जानका लागि योजना बनाएर समय छुट्याउनुपर्ने हुन्छ तर ओटीटीमा आफूले चाहेको समयमा घरमै आनन्दले बसेर परिवारसँग फिल्म, सिरिज र डकुमेन्ट्रीको मजा लिन सकिन्छ ।

सायद यही कारणले गर्दा बलिउडदेखि साउथ फिल्महरू सिधै ओटीटी प्लाटफर्ममा रिलिज भइरहेका छन् । ओटीटीमा फिल्म रिलिज गर्ने चलन कोरोना महामारीको समयदेखि तीव्र गतिमा बढेको हो । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ हामी थिएटरमा टिकट किनेर फिल्म हेर्न जान्छौं, जसले फिल्मको व्यापारमा मद्दत गर्छ, तर कहिले ओटीटीमा ? भन्ने प्रश्न आउँछ ।

फिल्म रिलिज हुँदा कसरी कमाइ हुन्छ ?

ओटीटी अर्थात् ओभर दी टप यस्तो प्लाटफर्म हो, जहाँ इन्टरनेट मार्फत मोबाइल एप, टिभी एप वा वेबसाइटमा फिल्म र वेब सिरिजहरु हेर्न सकिन्छ । यी सामग्री हेर्न तपाईंले केही पैसा तिर्नुपर्ने हुन्छ ।

फिल्म निर्माताहरूले हलमा रिलिज भएको डेढ-दुई महिनामा ओटीटी प्लाटफर्ममा रिलिज गर्नको लागि राइट बेच्ने गर्छन् । जसबाट पाएको रकम उनीहरुको आम्दानी हुन्छ । उनीहरूले यस्तो राइट बेचेर करोडौं रुपैयाँ कमाउँछन्, यसका लागि निर्माता र ओटीटी प्लाटफर्मबीच सम्झौता हुन्छ र ठूलो पर्दामा रिलिज भएको एकदेखि डेढ महिनापछि फिल्म ओटीटीमा विश्वभर एकसाथ स्ट्रिमिङ हुन्छ ।

ओटीटी प्लाटफर्ममा सिधै रिलिज हुने फिल्मले प्रयोगकर्ताको आधारमा पैसा कमाउँछन् । ओटीटीमा रिलिज भएको फिल्मले दिनमा कति पटक स्ट्रिम हुन्छ र कति प्रयोगकर्ताहरूले हेर्छन् भन्ने आधारमा कमाइ गर्छ ।

ओटीटीबाट फिल्म वा सिरिजले कमाइ गर्ने तीन स्रोत हुन्छन् । एउटा भनेको पे पर भ्यु अर्थात् एउटा फिल्म हेर्नका लागि छुट्टै पैसा तिर्नुपर्ने हुन्छ, जसमा डाउनलोड सुविधा पनि उपलब्ध हुन्छ । दोस्रो, ओटीटी प्लाटफर्मका प्रयोगकर्ताले मासिक सदस्या लिन्छन्, जसमार्फत पैसा कमाइ हुन्छ । तेस्रो भनेको भिडियो नि:शुल्क हुन्छ तर विज्ञापन विना स्किप हेर्नुपर्ने हुन्छ । ती विज्ञापनमार्फत पनि ओटीटीले पैसा कमाउने गर्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?