+
+

शुक्रबार विश्व योग दिवस मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १३:३५

६ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार दशौं योग दिवस मनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ ।

‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस मनाउने शिक्षा मन्त्रीको संयोजकत्वमा बनेको विश्व योग दिवस मूल समारोह समितिले निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?