+
+

कांग्रेस सांसदले सोधे : पार्टी सदस्यता नवीकरण गरे पूर्वराष्ट्रपतिले सुविधा लिन मिल्छ कि मिल्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १३:४४

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ मिल्दैन भन्ने प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’

उनले पूर्वराष्ट्रपति भने पनि नाम लिएनन् । सांसद खतिवडाले पार्टी सदस्यता नवीकरण गरे के गर्ने भन्ने बारे राज्यले सोचेको छ कि छैन भन्नेबारे प्रश्न गरे ।

‘राज्यले त्यो (पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण) बारे के सोचेको छ, संविधानमा के छ, सरकारले त्यसको जवाफ देओस्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?