
घात भयो माया घात भयो
अस्मिता लुटेर गयो
मेरो जिन्दगी बर्बाद भयो
अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको पछिल्लो गीत ‘घात २’ का शब्द हुन् यी । मायामा धोका पाएको भाव व्यक्त गर्ने गीतमा दीपक बस्नेतको शब्द र शिव अनुरागको संगीत छ । गीतलाई किरण कँडेलले एरेन्ज गरेका छन् ।
भिडियोमा बाद्यवादकको ब्यान्डसहित अञ्जु फिचर्ड छिन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र विष्णु खड्काको रंग संयोजन तथा सम्पादन छ ।
गीतलाई ‘दीप क्रिएसन’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4