+
+

एमालेलाई रास्वपा सांसदको आग्रह : भ्यूटावर बनाउनु गलत थियो भन्ने स्वीकार्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १४:५८

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेकपा एमालेका सांसदहरुले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले एमाले नेतृत्वको सरकारले विगतमा खेलकुद मैदान नबनाएर भ्यूटावर बनाएको भन्दै आलोचना गरे ।

‘एमालेका माननीयज्यूहरुलाई मलाई अलिकति सुनिदिन आग्रह गरेँ’, उनले भने, ‘अलि पहिला तपाईंहरुको पालामा देशभरि बनेको भ्यूटावर हेरौं त, कतिवटा बन्थ्यो स्टेडियम भन्नुस्, खर्बौंको भ्यूटावर असरल्ल छ ।’

भ्यूटावर निर्माणमा भएको खर्चलाई सांसद ढकालले अनुत्पादक खर्चको संज्ञा दिए ।

‘त्यति अनुत्पादक ठाउँमा खर्च नगरेर दुईवटा स्टेडियम बनाउन नसकेका कारण तपाईंहरु यो सदनमा आएर भन्नुपर्छ– त्यो भ्यूटावर बनाउने कन्सेप्ट गलत थियो’, सांसद ढकालले भने ।

संसद सत्य बोल्ने ठाउँ हो भन्दै उनले एमाले सांसदहरुले सत्यलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।

‘यो सत्य लुकाउने ठाउँ होइन । असत्य लुकाउने ठाउँ होइन । असत्यलाई आम नागरिका अगाडि देखाउने ठाउँ हो । मैले अलिकति देखाइदिएको हो’ सांसद ढकालले भने ‘त्यो बेला (एमालेले सरकारको नेतृत्व गरेका बेला)मा गज्जबसँग पैसा थियो । भ्यूटावरमा खर्च गरियो । बनाएको भए हुन्थ्यो नि स्टेडियम … ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?