+

आईसीसी टी-२० अलराउन्डर वरियतामा हार्दिक पाण्ड्याभन्दा दीपेन्द्रसिंह अगाडि, छैटौं स्थानमा उक्लिए

२०८१ असार  ५ गते १५:१९ २०८१ असार ५ गते १५:१९
आईसीसी टी-२० अलराउन्डर वरियतामा हार्दिक पाण्ड्याभन्दा दीपेन्द्रसिंह अगाडि, छैटौं स्थानमा उक्लिए

५ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।

वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।

श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

त्यस्तै, दीपेन्द्र पछाडी सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् ।

नेपालकै कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ । यसअघि ३५औं स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औं स्थानमा पुगेका छन् ।

कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा उक्लिएका छन् । गुल्सन झा भने ६ वरियता खस्किएका छन् । यसअघि उत्कृष्ट १०० मा नै नपरेका कुशल भुर्तेल भने यस पटक ४३ स्थान सुधार गर्दै ७० औं स्थानमा आएका छन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय