+
+

संसदीय छानबिन विशेष समितिमा कानुनी पाटोबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १५:१८

५ असार, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा कानुनी पाटोबारे छलफल भएको छ ।

बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

समितिका सभापति सूर्य थापाले कानुनी स्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडलगायत विषयमा छलफल भएको बताए । उनले भने, ‘आजको बैठकमा छानबिनको क्रममा आइपर्ने विविध पक्षका सन्दर्भमा कानुनी प्रबन्ध लगायतका विषयमा छलफल गरेका छौँ ।’

थापाले आन्तरिक प्रतिवेदन संकलनको काम जारी रहेको बताए । समितिको अर्को बैठक १० असारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?