+
+

निसानको म्यागनाइट एसयूभीमा नयाँ अफर : ४ वर्षसम्म नि:शुल्क इन्धन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १५:३५

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयूभी निसान म्यागनाइटमा नयाँ योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै चार वर्षका लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्त्वपूर्ण बचतको मज्जा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालु आर्थिक वर्षका लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाको अनुसार निसान म्याग्नाइट एसयूभी उत्कृष्ट पर्फमेन्स सहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिक शैली) प्रदान गर्न डिजाइन गरिएको एसयूभी हो, जसले गर्दा यो नेपालका सडक र ग्राहकका लागि प्रथम र उत्तम रोजाइ बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?